अत्तरिया : जेनजीको नाममा बैतडीको पुर्चौडी नगरपालिकाको एक्स्काभेटरमा आगजनी गरिएको छ । भदौ २६ गते राति एक्स्काभेटरमा आगजनी गरिएको नगरपालिकाले जनाएको छ । सडक सफा गर्न श्रीभावर– हाट सडक खण्डको वडा नम्बर ७ रतोकामा राखिएको डोजरमा जेन्जीका नाममा अज्ञात समूहले आगो लगाएको नगरपालिकाले जनाएको छ ।
एक्स्काभेटर जलेर काम नलाग्ने भएको जनाएको छ । सडक सफा गर्न रतोका गाउँमा राखिएको एक्स्काभेटर जेन्जी आन्दोलन मत्थर भइसेकेपछि जलाइएको हो । यस्तै, भदौ २५ गते राति जेन्जी समूहको नाममा पुर्चौडी १ मा रहेको माओवादी केन्द्र पार्टी कार्यालयमा समेत आगजनी गरिएको थियो । पार्टी कार्यालयमा भने सामान्य क्षति भएको जनाएको छ ।