Skip to main content

नेताहरुमा बढेको पदलोलुपताले राजनीति धमिलो भयो : पुर्व प्रधानमन्त्री चन्द

Submitted by editor on
बैतडी समाज कैलालीको साधारण सभा उद्घाटन
ईबिगुल संवाददाता
बैतडी समाज कैलालीको साधारण सभा उद्घाटन

धनगढी : पुर्व प्रधानमन्त्री तथा बरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दले अहिले नेताहरुमा पदको लोलुपता बढेकाले राजनीति धमिलिएको बताएका छन । बैतडी समाज कैलालीको पाँचौ साधारण सभाको उद्घाटन सत्रमा बोल्दै पुर्व प्रधानमन्त्री चन्दले यस्तो बताएका हुन ।

‘मानिसलाई चाहिने के रहेछ, पद हो ? होईन । मान्छे त्यही पदमा जान चाहन्छ । शरिरले साथ दिदैन तर पनि पदमा जान लालायीत हुन्छ । सम्पत्तीको पछि दगुरिरहेको हुन्छ । बढी सम्पत्ती भयो भने पनि सुख र मनमा शान्ति हुदैन । अहिले नेताहरुमा पद र सम्पत्तीको लोभ जागेकाले राजनीति धमिलियो’ उनले भने ।

उनले मान्छेको सम्पत्ती, पद र धन नभएको बताउदै थपे, ‘सम्पत्ती भनेको जनताको माया हो । मैले धनगढीमा जनताको माया पाए’ उनले भने । बरिष्ठ साहित्यकार समेत रहेका चन्दको विहीबार धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो ।  उनले, जनताले माया गरेको नेता हुन पाउनु नै ठुलो कुरा भएको बताए ।

पुर्वप्रधानमन्त्री चन्दले अब समाजका बुद्धीजिविहरुले राजनीति धमिलो पार्नेहरुलाई साथ नदिन आग्रह गरे । ‘म समाजका बुद्धीजिवि बर्गलाई आह्वान गर्न चाहन्छु की अब राजनीति धमिलो पार्नेलाई हाम्रो साथ हुदैन भनेर भन्नुस । चाहे त्यो जुनसुकै होस । अनी मात्रै राजनीति ठिक ठाउँमा आउछ’ उनले भने ।

बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षतामा भएको साधारण सभामा सभाका उपाध्यक्ष गजेन्द्रबीर चन्दले स्वागत गरेका थिए । प्रमुख अथिति चन्दले पानसमा दीप प्रज्वलन गर्दै साधारण सभाको उद्घाटन गरेका थिए ।