Skip to main content

बाजुराको बडिमालिका नगरपालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट

Submitted by editor on
ईबिगुल संवाददाता
बाजुराको बडिमालिका  नगरपालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट

बाजुरा : बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ ।

शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबिच कुटाकुट भएको हो ।
मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिताकुमारी सुर्यबंसीबिच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको छ ।

कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ ।

कुटाकुटपछि दुबैलाई चोट लागेको छ । सुर्यबंसी भने अस्पतालमा उपचाररत छन् । तर नगरपालिकाका नगर प्रमुख अमर खड्काले आफू कार्यक्रमकै शिलशिलामा धनगढीमा भएकाले विवाद हुनुको कारण बुझ्न बाँकी नै रहेको बताए ।

उनले नगरपालिकामा विवाद भएको विषय जानकारीमा आएपनि यसको कारण छलफलपछि मात्र थाहा हुने बताए । दुई जनाबिच व्यक्तिगत विषयलाई लिएर कार्यालयमा झगडा भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केशीले बताए ।