Skip to main content

एमाले बैतडीको अध्यक्षमा नरेश विक, पदाधीकारी सबै सर्वसम्मत

Submitted by editor on
ईबिगुल संवाददाता
एमाले बैतडीको अध्यक्षमा नरेश विक, पदाधीकारी सबै सर्वसम्मत

बैतडी  ः नेकपा (एमाले) बैतडीको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएका छन् । हिजोदेखि सुरु भएको अधिवेशनले विक सहित पदाधिकारीहरु सर्वसम्मत चयन गरेको नेताहरुले बताएका छन् । 

पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचीवमा हजारी साउद, उप सचीवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।

पदाधीकारीको टिम सर्वसम्मत चयन भएपनि सदस्यमा बढी आकांक्षी भएकाले छलफल जारी रहेको छ । सदस्यहरुमा समेत सर्वसम्मत चयन हुने सम्भावना रहेको नेताहरुले बताएकाछन् । अहिले जिल्ला कमिटीको टिमसहित निर्वाचनको प्रक्रिया पुरा गर्ने समय लागेकाले घोषणा गर्ने बाकिँ रहेको छ ।

सहमतीमै नेतृत्वको टुंगो लगाएर पार्टी केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारी बिहानै काठमाण्डौका लागि प्रस्थान गरिसकेका छन् ।