Skip to main content

नेपालमा पक्राउ पर्न थालेपछि दुधवाको जंगल नेपाली ब्राउनसुगर प्रयोगकर्ताहरुको अड्डा

Submitted by editor on
भारतीय बजार बनगवाका अधिकांस पसलमा ब्राउन सुगरको कारोबार
ईबिगुल संवाददाता
दुधवाको जंगल नेपाली ब्राउनसुगर प्रयोगकर्ता

धनगढी : कैलालीसँग सीमाना जोडिएको भारतको दुधवा नेशनल पार्क लागुपदार्थ प्रयोगकर्ताको अखाडा बनिरहेको छ । सीमावर्ती बजार बनगवाँका अधिकांस पसलमा ब्राउन सुगर पाउन थालेपछि नेपाली लागुपदार्थ सेवनकर्ता भारतको दुधवा नेशनल पार्कभीत्र गएर सेवन गर्न थालेका हुन ।

गौरीफन्टा बजार हटेपछि नेशनल पार्कको मध्यवर्ती क्षेत्रमा रहेको बनगवामा बजार बसेको थियो । नेपाली ग्राहकहरुमा मात्रै भर परेको उक्त बजारमा ब्राउन सुगरका कारोबारी पनि बढेका छन । नेपाल तर्फ प्रहरीले चेकजाँचमा कडाई गरेपछि सेवनकर्ता भारतको दुधवा नेशनल पार्कभीत्र बसेर सेवन गर्न थालेका छन ।

दैनिक उपभोग्य सामान भन्दा कैयौं गुणा बढी मुनाफा हुने भएकाले बनगवा बजारमा फड लगाएर बसेका अधिकांस ब्यक्तिहरु ब्राउनसुगर बेच्न थालेका छन । तर भारतको प्रहरीले भने उक्त कारोबार रोक्ने प्रयास गरेको पाईदैन ।

ब्राउन सुगर भारतको पलियामा १५ सय भारुमा एक ग्राम पाउने गरेको छ । तर बनगवा मण्डीमा आएर उक्त एक ग्राम ब्राउन सुगर ३५ रुपैया ग्राममा विक्रि भईरहेको छ । बनगवाको थारु गाउँमा खुलमखुला रुपमा ब्राउन सुगर विक्रि भईरहेको छ । भारतीय प्रहरीले लखिमपुरमा शुक्रबार नै १० ग्राम ब्राउन सुगर सहित एक जना पक्रउ गरेपनि भारतका युवाहरुलाई विक्रि नगर्ने थाहा पाएपछि पक्राउ परेका भारतीयहरु छिट्टै छुटने गरेका छन । 

शुक्रबार मात्रै ४ जना नेपाली युवकहरु भारतको दुधवा नेशनल पार्कमा पक्राउ परेका छन । उनीहरु लागुपदार्थ सेवन गरेर लठ्ठ भएको अवस्थामा पक्राउ परेका हुन ।