Skip to main content

चितवनमा हुने अन्तरप्रदेशीय खेलकुद प्रतियोगिताका खेलाडी प्रस्थान

Submitted by editor on
ईबिगुल संवाददाता
चितवनमा हुने अन्तरप्रदेशीय खेलकुद प्रतियोगिताका खेलाडि प्रस्थान

धनगढी : बाग्मती प्रदेशको चितवनमा हुन गईरहेको अन्तरप्रदेशीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमका खेलाडीहरुलाई विदाई गरिएको छ ।

शनिवार सुदूरपश्चिम प्रदेश खेलकुद परिसद सदस्य सचिव दिपक बहादुर सिंहले खेलाडीहरुलाई बिदाई गरेका हुन । धनगढीको कवर्डहलमा आयोजित औपचारिक कार्यक्रममा सदस्य सचिव सिंहले विभिन्न नौ वटा खेलमा सहभागी हुने २ सय ३३ जना खेलाडीलाई अबिर सहित खादा लगाएर बिदाई गरेका हुन । 

उनले खेलमा अनुशाशीत भई सुदूरपश्चिमको गरिमा कायम गर्न पनि खेलाडीलाई निर्देशन दिए । प्रतियोगिताको चितवनमा प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहनेछ ।