Skip to main content

गण्डकीका प्रदेश प्रमुख र सुदूरपश्चिममा प्रदेश प्रमुखबीच शिष्टाचार भेट

Submitted by editor on
ईबिगुल संवाददाता
गण्डकीका प्रदेश प्रमुख र सुदूरपश्चिममा प्रदेश प्रमुखबीच शिष्टाचार भेट

धनगढी : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिमका प्रदेश प्रमुसख नजीर मियाँ बीच शिष्टाचार भेट भएको छ । 

नयाँ वर्षको अवसरमा धनगढी स्थित घर आएका बेला गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गरेका हुन । 

दुबैजनाका बीच प्रदेश प्रमुख मियाँको निवासमा भेट भएको हो । दुबै जनाबीच समसामयीक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।