Skip to main content

बैतडीको सिगासमा स्थानीयले थापेको पासोमा चितुवा

Submitted by editor on
ईबिगुल संवाददाता
बैतडीको सिगासमा स्थानीयले थापेको पासोमा चितुवा

बैतडीः बैतडीमा स्थानियले थापेको पासोमा चितुवा परेको छ । जिल्लाको सिगास गाउँपालिका–९ च्वाँ भेरीखोलामा चितुवा पासोमा परेको हो । 
सोमवार स्थानीयले थापेको पासोमा  चितुवा परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो । सोमवार बिहान अन्दाजी ९ बजेको समयमा चितुवा पासोमा परेको थाहा पाएपछि स्थानियले प्रहरि तथा वन कार्यालयमा खबर गरेको थिए ।