Skip to main content

पूर्वपश्चिम राजमार्गमा दुर्घटना, एक युवकको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
दुर्घटना

धनगढी : कैलालीमा पर्ने पूर्वपश्चिम राजमार्गको स्याउले खण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले सुपप्र ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नन्दराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गोदावरी–८ बस्ने मोटरसाइकल चालक लेखराज जोशी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 
बस चालक हेटौँडा–१३ का ३५ वर्षीय रामशरण घर्तीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।