Skip to main content

धनगढीको नोभा अस्पतालमा तनाव–प्रहरीद्वारा ६ राउण्ड अश्रुग्यास प्रहार

Submitted by editor on
ईबिगुल संवाददाता
युवक नसीव चौधरी मृत्यु

धनगढी : कञ्चनपुरको बेलौरीका १७ वर्षिय युवक नसीव चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ । मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ती माग गरेका छन । आक्रोसित पिडितका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रुुग्यास हानेको छ ।

कैलालीका प्रहरी प्रमुख एसपी पदम बहादुर विष्टले अस्पतालमा ढुंगामुढा गरिरकेका बेला प्रहरीले छेकेपछि प्रहरी माथि नै ढुंगामुढा गरेकाले बाध्य भएर अश्रुग्यास हानेको बताए । ‘भीड तितरबितर गर्नका लागि प्रहरीले ६राउण्ड अश्रुग्यास हानेको छ । ३÷४ जना प्रहरीलाई ढुंगा लागेर सामान्य घाईते भएका छन’ एसपी विष्टले भने । 

जन्डीसको विरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका नसिब चौधरीको शुक्रार अपरान्ह मृत्यु भएको थियो । मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरवाही गरेकाले उनीमाथि कारवाहीको माग गरेका छन ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए । उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए । तर, उनको भनाई अनुसार अस्पतालले न त उचित उपचार ग¥यो, न त रिफर नै ग¥यो । यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् ।

पिडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भईरहेका बेला बाहिर जमा भएका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हो । हिजो मात्रै पिडितका आफन्तहरुले नोभा अस्पतालको रिसेप्सनमा समेत तोडफोड गरेका थिए । 

शुक्रबार अपरान्ह देखि नोभा अस्पतालमा प्रहरीको पहरा छ । आज विहानै देखि पिडितका आफन्तहरु अस्पतालमा आउनेक्रम सुरु भएको थियो ।  नसिभ चौधरी साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि उनी साउन ८ गते अस्पताल भर्ना भएका थिए ।

उनको जन्डिस बढदै जान थालेपछि अवस्था चिन्ताजनक बन्दै गएको थियो । उनको अवस्था गम्भिर बनेपछि शुक्रबार अस्पतालले रेफर गरेका थियो । रेफर गरेपछि एम्बुलेन्समा राख्नेक्रममा नसिबको मृत्युभएको थियो । नसिक आमाबुवाका एक्लो छोरो भएको बताईएको छ । उनका बुवा कामका लागि तेस्रो मुलुक रहेको आफन्तहरुले बताएका छन ।