Skip to main content

दार्चुलाकी धनिसा कुवर, किन हाम फालिन महाकालीमा ?

Submitted by editor on
शिवराज भट्ट
महाकाली नदीमा

धनगढी : शनिबार दार्चुला सदरमुकाम नजिकैको महाकाली नदीमा एउटा किशोरीले हाम फालेको भिडियो एकएक भाईरल भयो । महाकालीको तटबन्धको छेउमा पिलर समातेर ती युवती उभिएकी छिन भने तटबन्धको माथि मानिसहरुको भीडभाड देखिन्छ । नदिको डिलमा उभिएकी ति किशोरीलाई प्रहरीले जोगाउन जाने बित्तिकै उनले महाकालीमा हाम फालेको र तल सम्म डुब्दै बगेको कारुणिक दृष्य भिडियोमा देखिन्छ ।

को हुन ति महिला ?
ती महिला दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ मा बस्ने २१ वर्षकी धनिसा कुवर हुन । उनको बुवा आमा सहितको परिवार दुहु गाउपालिका वडा नम्बर ४ मा बस्छ । धनिसा महाकाली नगरपालिकाको वडा नम्बर १ मा रहेको आफुनो दिदि निर्मला कुवरको घरमा बस्दै आएकी थिईन । 

धनिसाले दुहुकै उमेश कुवरसँग २०८० सालको भदौमा विहे गरिन । यद्यपी उमेशका परिवारका सदस्य उनीहरुको आधिकारिक विहे नभएको बताउछन । उमेशका परिवारको कुरा काँनेर पनि पुष्टि हुन्छ भने धनिसाले उमेशले आफुलाई जबरजस्ती घरमा ल्याएर बलात्कार गरेको उजुरी प्रहरीमा दिएकी छिन । 
अहिले उमेश धनिसाले हालेको बलात्कार मुद्धाकै कारण पुर्पक्षका लागि थुनामा छन । तर धनिसाले केही महिना अघि सार्वजनिक गरेको भिडियोमा उनले उमेशसँग विहे गरेको बताएकी छिन । उक्त भिडियोमा लेखेर पढेको स्पष्ट बुझ्न सकिन्छ । 

विहे भएको (अथवा उमेशले भगाएर ल्याएको) केही महिनामै उमेश र धनिसाबीच झगडा हुन थाल्यो । धनिसाले उमेशसँग विहे गर्छुभनेर आएपछि पनि, उनले पूर्वप्रेमीसँग फोन गर्ने गरेको विषयमा  भगडा हुने गरेको पारिवारिक श्रोत बताउछ । धनिसालाई उमेशले पिटने गर्थे । एक दिन त्यो कुरा प्रहरीकोमा उजुरी आयो । घरमा पुुगेको प्रहरी माथि नै उमेशले चक्कु प्रहार गरेपछि उनी माथि ज्यान मार्ने उद्योगमा  समेत मुद्धा दर्ता भएको छ । 

अहिले उमेश कुवर प्रहरीलाई ज्यानमार्ने उद्योग र धनिसालाई बलात्कार गरेको आरोपमा (पुर्पक्षका लागि) जिल्ला कारागार दार्चुलामा छन । दार्चुलाका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिह भन्छन, ‘धनिसा पछिल्लो केही दिनयता तनावमा थिईन । उनको परिवारका सदस्यहरुले पनि उनी घर नआउने र भनेको नमान्ने गरेको बताएका छन’ डिएसपी सिह भन्छन । ‘महाकाली किनारमा देखेपछि हामीले बचाउने कोशिश गरेकै हो, तर सकिएन ।’

किन हाम फालिन महाकालीमा ?
धनिसाले महाकालीमा हाम फाल्ने यकीन कारण भने पत्ता लागिसकेको छैन । तर दार्चुला प्रहरी यसको गहिरो अनुसनधानमा लागेको छ । प्रहरीले कारागारमा रहेका उमेशले केही भनेर आत्महत्या गरेकी त होईनन ? त्यसबारे पनि अनुसन्धान भईरहेको जनाएको छ । प्रहरीले उनीहरु बीच भएको कुराकानी, फोन रेकर्डहरु परिक्षण गरिरहेको छ ।

प्रहरीले उमेशको परिवारका सदस्यहरुबाट ‘टर्चर’ भएको त होईन भनेर पनि अनुसन्धान केन्द्रित पारेको छ । शनिबार धनिसाले महाकाली नगरपालिका–४ रिङलताल नजिक महाकालीमा हाम फालेकि हुन । बेलुकी पख दार्चुलाको पुलघाटदेखि बंगाबगड लास्कुसम्म मान्छेको भीड नै हुन्छ । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल पनि त्यहिँ नजिक भएको कारण पनि यो क्षेत्र व्यस्त हुने ठाउँ हो ।

बाटोमा चिच्याउँदै आएकी उनी एकाएक महाकाली नदि छेउ पुगिन् । पक्की तटबन्ध लगाइएको क्षेत्रबाट भित्र प्रवेश गर्दै महाकाली किनारतर्फ गएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नजिकै रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थल गएर सम्झाउदा बुझाउदा पनि नमानेर उनले महाकालीमा हाम फालेकी हुन ।

उमेशको आपराधिक यात्रा
०८० माघ ५ गते धनिसाले बन्धक बनाएर आफुलाई उमेशले बलात्कार गरेको भन्दै प्रहरीमा निवेदन दिइन् । प्रहरीले छलफलको लागि भन्दै उमेशलाई प्रहरी कार्यालय ल्याउने क्रममा उनले ड्युटीमा खटिएका प्रहरी जवान डम्बरबहादुर ठगुन्ना र प्रहरी हवल्दार जयबहादुर खड्कामाथि माघ ७ गते चक्कु प्रहार गरे ।

चक्कु प्रहार गरि कुवर फरार भए । उनलाई प्रहरीले फागुन २२ गते महाकाली नगरपालिका–४ खलंगा पुलघाटबाट पक्राउ ग¥यो । पक्राउ गरेर अनुसन्धान भइरहेको बेला कुवर फागुन २८ गते जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै भाग्न खोजे । प्रहरीले बयान लिने क्रममा उनी जिल्ला प्रहरीको पर्खाल नाघेर महाकाली नदितर्फ हाम फालेर भागे ।

कुवरलाई रोक्ने क्रममा प्रहरी जवान सोहन चौधरीको मृत्यु भयो । कुवरलाई महाकाली नदिबाटै प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले सरकारी वकिल कार्यालयमार्फत ०८० चैत १६ गते अपहरण तथा बन्दकी, कर्तव्य ज्यान र जबरजस्तीकरणी अन्तर्गत जिल्ला अदालत दार्चुलामा मुद्धा दायर गरेको छ । अदालतले कुवरलाई चैत १६ गते नै पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अहिले उनी कारागारमा छन् ।

उमेशबाट पीडित थिइन्, धनिसा
महाकाली नदिमा वेपत्ता भएकी धनिसालाई सानै देखि दिदि निर्मला कुवरसँगै बस्दै आएकी थिइन् । गत वर्ष उमेश कुवँरले गाउँ जाने क्रममा जबरजस्ती विहे गर्छु भनेर लगेछन् ।

बहिनीलाई बन्धक बनाएको बारे उजुरीपछि उमेशले निकै टर्चर गरेका थिए । त्योबेला देखि उनको दिमाग सन्तुलनमा थिएन् । राति पनि बोल्ने, कोठामा बस्न मन नपराउने गर्थिन् । निर्मलाले भनिन्, ‘आफुले सम्झाए पनि उनी कहिले कता कहिले कता जाने गरेकी थिइन् ।’

‘दुई दिन देखि कोठाबाट निस्केकि थिई । आफन्तको घर गएको होला सोचे । घट्नाबारे पछि मात्रै सुनेको’ उनले भनिन । किन महाकाली नदिमा हाम फालिन मलाई पनि थाहाँ छैन् ।’