Skip to main content

धनगढीको एसपीए कलेजलाई राष्ट्रिय उत्कृष्ट शैक्षिक संस्था सम्मान

Submitted by editor on
ईबिगुल संवाददाता
एसपीए कलेज

धनगढी  ः धनगढीको एसपीए कलेज राष्ट्रिय स्तरको ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८१’ बाट सम्मानित भएको छ । २०५६ सालमा स्थापना भएको एसपीएलाई चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबाट एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मान पत्र ग्रहण गरेका छन् । सम्मान पत्रमा प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान् शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनीय योगदान गर्दै आइरहेको उल्लेख छ ।

सम्मान ग्रहण गर्दै एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानले शिक्षा क्षेत्रमा अग्रणी भूमिका खेल्न हौसला र प्रेरणा मिलेको बताए । ‘यो सम्मान एसपीए कलेजको मात्रै नभई समग्र सुदूरपश्चिम बासीलाई सम्मान हो । एसपीए कलेजमा अध्ययनरत विद्यार्थी, कलेज सँग जोडिएका अभिभावक, प्राध्यापक एवं सम्पूर्ण कर्मचारीहरू को सम्मान हो’ उपाध्यायले भने ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसी थिए । कार्यक्रमको अध्यक्षता चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले गरेका थिए ।