धनगढीः नदीमा डुबेर कैलालीका एक किशोरको मृत्यु भएको छ।
कैलालीको जोशिपुर गाउँपालिका ४ कटुवापुर बस्ने १८ वर्षीय सुमित चौधरीको घर नजिकै रहेको पथरैया नदीमा माछा मार्ने क्रममा शनिवार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।