Skip to main content

दार्चुला जीप दुर्घटना अपडेट : घाईते गर्भवतीको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
जीप दुर्घटना

धनगढी : दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाईते भएकी एक जना महिलाको मृत्यु भएको छ । विहिबार विहान नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले  बताए ।

गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा गम्भीर घाइते टमटाको ज्यान गएको उनले जानकारी दिए  । अन्य घाईतेहरुको गोकुलेश्वरमै उपचार भइरहेको छ । नौगाडको होपरीबाट होपरीगाड तर्फ गइरहेको लाकेन्द्र सिह ठगुन्नाले चलाएको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका थिए । 

घाइते मध्ये चार जना गम्भीर रहेकोमा गर्भवती महिला टमटाको मृत्यु भइसकेको र बाँकी तीन जना खतरामुक्त रहेको बुझिएको छ । घाईते अन्य ७ जनाकोअबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।