Skip to main content

पहाडमा पनि डेंगु जोखिम, बैतडीमा मात्र सात जनामा सङ्क्रमण पुष्टि

Submitted by editor on
ईबिगुल संवाददाता
सांकेतिक तस्वीर ।

धनगढी : तराईका जिल्लामा देखा पर्ने डेंगु  केहि बर्ष यता सुदूरपश्चिमका पहाडमा पनि देखिन थालेको छ । बैतडीमा मात्र सात जनामा  सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालले बताए । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार सञ्चालन गरिएको हो ।
तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ ।