धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक आज (बिहीवार) बस्ने भएको छ। आधा महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक आज बस्न लागेको हो। मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिएपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो।
प्रदेशसभा सचिवालयले आज दिउँसो ४ बजे सभाको बैठक बोलाएको छ। आजको बैठकमा प्रदेशसभा बैठकमा दुईवटा विषयवस्तु कार्यसूचीमा रहेको छ। बैठकमा केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सदनमा सामान्य छलफल हुने प्रदेश सभा सचिवालयका प्रवक्ता एवं उपसचिव (कानुन) तेजप्रकाश जोशीले जानकारी दिए। यसैगरी, दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबुल हुने कार्यसूची रहेको जनाएको छ ।