Skip to main content

घर नजिकै घास काटिरहेका बेला बाघको आक्रमणबाट महिलाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो । शाह विवाहित महिला हुन् ।

घटनास्थल नजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।