Skip to main content

लेखराज भट्ट फेरि भए एमालेका सुदूरपश्चिम ईञ्चार्ज

Submitted by editor on
ईबिगुल संवाददाता
 लेखराज भट्ट

काठमाडौं : नेकपा एमालेले सातवटै प्रदेश इन्चार्जहरू तोकेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले सातवटै प्रदेशका इन्चार्जहरू तोक्ने निर्णय गरेको  पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनकाअनुसार कोशीको इन्चार्जमा शेरधन राई, मधेश प्रदेशको इन्चार्जमा लिलानाथ श्रेष्ठ र  बागमती प्रदेशको इन्चार्जमा राजन भट्टराईलाई तोकेको छ ।
यसैगरी बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी किरण गुरूङलाई दिएको छ । 

लुम्बिनी प्रदेशको इन्चार्जमा पद्मा अर्याल, कर्णाली प्रदेशको इन्चार्जमा गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्टलाई तोकेको महासचिव पोखरेलले बताए । सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।