Skip to main content

बीरबहादुर थापा : कञ्चनपुरको जेलब्रेक देखि प्रदेश मन्त्रीसम्म

Submitted by editor on
ईबिगुल संवाददाता
बीरबहादुर थापा

धनगढी : कञ्चनपुर १ बाट प्रत्यक्ष निर्वाचित एमाले नेता बीरबहादुर थापा (पातल) प्रदेशको भूमी ब्यवस्था तथा कृषिमन्त्री भएका छन । उनले सोमबार नै पदभार ग्रहण गरिसकेका छन । 

बुवा कलक बहादुर थापा र आमा काली देबी थापाका कोखबाट २०३० सालमा बझाङको मष्ठा गाउपालिका १ मा जन्मिएका थापाको राजनीतिक यात्रा चाखलाग्दो छ ।

नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका योद्धा थापा नेकपा विभाजन पछि मात्रै नेकपा एमालेमा आएका हुन । उनी अहिले कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर २ मोतिबस्तीमा बस्छन ।

२०४६ सालको जनआन्दोलन पश्चत उनी कक्षा  ६ मै अध्ययन गरिरहेका बेला नेपाल विद्यार्थी फेडरेसनको ईकाई अध्यक्ष भएका थिए । उनी २०४८ अखिल (क्रान्तिकारी) को कञ्चनपुर जिल्लाका संस्थापक अध्यक्ष भए ।

उनले २०५२ देखि नेकपा माओवादीले सञ्चालन गरेको पाटीमा आबद्ध भए भने २०५७ मा माओवादीको एरिया कमिटी सदस्य भए । २०५७ को अन्ततीर भुमिगत भयका उनी २०५८ मा अखिल नेपाल शिक्षक संगठन अध्यक्ष भए ।

माओवादी जनयुद्धका क्रममा पक्राउ परेका थापाले २०६१ भदौ २६ गते कञ्चनपुरको जेल ब्रेक गरेका थिए । त्यसपछि उनलाई २०६२ सालमा पुर्नबासको बिचफाटाबाट गिरफ्तार गरियो । 

२०७३ सालमा माओवादी केन्द्रको जिल्ला  अध्यक्ष भए भने २०७४ मा पार्टी एकतापछि पनि एमाले जिल्ला अध्यक्ष भए । नेकपा बिभाजन पछि  अध्यक्ष भएका उनले एमालेबाटै चुनाव जितेका हुन ।