Skip to main content

बाढीपहिरोको जोखिम हुने भन्दै सुदूरपश्चिममा रात्रिकालीन यातायात बन्द

Submitted by editor on
ईबिगुल संवाददाता
रात्रिकालीन यातायात बन्द

धनगढी : सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार तीन दिन पहाडी जिल्लाको रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा वर्षा हुने र वर्षाका कारण सार्वजनिक यातायातमा क्षति तथा मानवीय क्षति हुन सक्ने भन्दै गृह मन्त्रालयले तीन दिन रात्रिकालीन यातायात बन्द गरेको छ । पहाडी जिल्लामा रातिको समयमा आउने पहिरोले क्षति गर्ने अनुमानसहित यातायात बन्द गरिएको हो ।

राति ८ देखि बिहान ४ बजेसम्म सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातायात सेवा तीन दिन बन्द गरिएको छ । काठमाडौँ, धनगढी, महेन्द्रनगर, टीकापुर लगाएतका क्षेत्रबाट पहाडी जिल्ला र पहाडी जिल्लाबाट तराइ आउने रात्रिकालीन सवारीका साधनहरू तीन दिन सञ्चालन नहुने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।