Skip to main content

कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।

जानकी गाउँपालिका ७ खल्ला गलौरी स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।