Skip to main content

कानूनमन्त्री सार्की भन्छन, ‘विपद् बिस्थापितलाई पुर्नस्थापना गर्ने योजना बनाउदैछौं’

Submitted by editor on
ईबिगुल संवाददाता
हिरा सिह सार्कीले

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सिह सार्कीले प्राकृतिक विपद् बिस्थापितहरुलाई पुर्नस्थापना गर्ने गरी सरकारले दीर्घकालीन योजना ल्याउने बताएका छन् ।

‘बाढीपीडित जनताका लागि आवश्यक राहत तथा अन्य कार्यक्रम मार्फत सरकार जनताको समस्या समाधान गर्न प्रतिवद्ध छ’ सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा बुधबार मन्त्री सार्कीले भने ।

उनले विपद् पीडितको राहत उद्धारका लागि संघीय सरकार, स्थानीय सरकार र विकास साझेदारसँग मिलेर काम गरिरहेको जानकारी दिए । ‘राहत, उद्धारका लागि हामीसँग रहेको स्रोत, सामाग्री जिल्ला विपद् व्यवस्थापन समिति मार्फत वितरण गर्दै आएका छौं’ उनले भने ।

८ साउनमा नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन प्रारम्भ भएको थियो । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए ।

प्राकृतिक विपद्का बारेमा तत्कालिन प्रदेश सरकारले ध्यान नदिएको र ती विषयमा छलफल गर्ने थलो सदन अन्तका लागि हठात सिफारिस गरेको थियो । विशेष अधिवेशन आह्वान भएपछि भने प्राकृतिक विपद्बारे सदनमा छलफल प्रारम्भ भएको थियो ।

सभामुख भीम बहादुर भण्डारीले बाढीपीडितहरुलाई तत्काल राहत दिन र उनीहरुको यथोचित व्यवस्थापनमा ध्यान दिन सरकारलाई निर्देश गरेका थिए ।