Skip to main content

संसदका विषयगत समितिहरुमा ८ सदस्य थप, को कुन समितिमा ?

Submitted by editor on
ईबिगुल संवाददाता
 प्रदेश सभा

धनगढी : सभामुख भीम बहादुर भण्डारीले संसदका तीन वटा समितिमा ८ जना सदस्य थपेका छन । आईतबार बसेको सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशनको पहिलो बैठकमा सभामुख भण्डारीले तीन वटा समितिमा सदस्य थप गरेका हुन ।

पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारी, पूर्वमन्त्री अक्कल बहादुर रावल र पूर्व रान्यमन्त्री गीता देबी माललाई सार्वजनिक लेखा समितिमा नियुक्त गरिएको छ । यस्तै पूर्व मन्त्री रमेश सिह धामी र लक्ष्मी विकलाई विधायन तथा प्रदेश मामिला समितिमा सदस्य नियुक्त गरिएको छ ।

पूर्वमन्त्री माया पन्त, ओमविक्रम भाट र झपट साउदलाई सामाजिक विकास समितिमा सदस्य नियुक्त गरिएको छ । यसअघि पन्त यस समितिको सभापति थिईन ।