Skip to main content

मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा मतदान गर्न काँग्रेस र एमालेको ह्विप

Submitted by editor on
शिवराज भट्ट
काँग्रेस र एमालेले ह्विप जारी

धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा विश्वासको मत हाल्न भन्दै काँग्रेस र एमालेले ह्विप जारी गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिह धामी र एमालेका प्रमुख सचेतक चक्र बहादुर मल्लले मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा मतदान गर्न भन्दै ह्विप जारी गरेका हुन ।

राजनीतिक दलसँग सम्बन्धित कानूनमा कुनै पनि राजनीतिक दलले आफ्ना सांसदहरुलाई पक्ष वा विपक्षमा मतदान गर्न ह्विप लगाउन सक्ने प्रावधान छ । संसदीय दलले लगाएको ह्विप उलंघन गरेमा कारवाहीको प्रावधान पनि रहेको छ । 

काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह साउन २० गते मुख्यमन्त्री भएका थिए । काँग्रेसका १८ र एमालेका ११ प्रदेश सभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्री नियुक्त भएका शाहलाई नागिरिक उन्मुक्तिले पनि विश्वासको मत हाल्ने भएको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मतका लागि आवश्यक संख्या २७ हो तर काँग्रेस एमालेको मात्रै २९ प्रदेश सभा सदस्य छन । त्यसैमा नाउपाका ७ प्रदेश सभा सदस्य छन । नाउपाको तर्फबाट उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी विरामी भएकाले अनुपस्थित हुने सम्भावना छ । 

काँग्रेस एमालेका २९ र नाउपाका ६ जना गरी ३५ जनाले विश्वासको मतको पक्षमा मतलान गर्नेछन । नाउपाको बैठक बसिरहेको छ । उसले पनि मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारी गरेको संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।