Skip to main content

मुस्लिम युवासँगै विमानस्थलमा पक्राउ परेकी महिलालाई श्रीमानले घर लगे

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ गरेकी महिला

धनगढी : मुस्लिम युवासँग काठमाण्डौं भाग्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेकी महिलालाई उनका श्रीमानले घर लगेका छन । 

जिल्ला प्रहरी कार्यालय कैलालीले लिएको जानकारी अनुसार कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ की ३५ वर्षिया महिलालाई उनका श्रीमानको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारि प्रहरी निरिक्षक गंगादत्त बडुले बताए ।

महिलासँगै पक्राउ परेका सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका ३५ वर्षीय सुलेमान मनसुरीलाई भने आफन्तको जिम्मा लगाउने तयारी भईरहेको छ । ‘महिलाको घरमा असमझदारी रहेछ, युवक र उनको सामाजिक सञ्जालबाट कुराकानी हुँदो रहेछ, काठमाण्डौं सम्म जान खोजेको पाईयो, श्रीमान आफैले लगेपछि मुद्धा चलाउनु परेन’ बडुले भने ।

शुक्रबार दिउसो १ ः ०५ बजेको श्री एयरलाईन्सको धनगढी–काठमाण्डौं उडानमा टिकट काटेकी महिलाले बोर्डिङपास बनाउने बेलामा काउन्टरमा संकास्पद गतिविधि गरेपछि प्र्रहरीले केरकार गर्दा उनी सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका ३५ वर्षीय सुलेमान मनसुरी सँग भागिरहेको खुलेको थियो । 

विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायव निरिक्षक समुद्र पन्तले बोर्डिङ पास बनाउने बेला परिचयपत्र नदिएको, ठेगाना पनि गलत बताएको र कुराकानी गर्दा अकमकाएपछि पोस्टमा ल्याएर सोधपुछ गर्दा उनी भाग्न लागेको खुलेको हो ।

सुनसरीका ३४ वर्षका सुलेमान दुबईबाट सिधै काठमाण्डौं विमानस्थलमा ओर्लिएर धनगढी आएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ ।