Skip to main content

कैलालीमा लागुपदार्थ र चोरी मुद्धाका चारजना फरार अपराधी पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
 फरार अपराधी

धनगढी : कैलालीमा मंगलबार चार जना फरार अपराधी पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले अदालतबाट दोषी ठहर तर फरार भएका चार जनालाई पक्राउ गरेको हो ।

लागुऔषध मुद्दामा धनगढी उपमहानगरपालिका–४ का २६ वर्षीय विजयकुमार नेपाली, सोही मुद्दामा धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रज्वल न्यौपाने पक्राउ परेका छन ।

चोरी मुद्दामा धनगढी उपमहानगरपालिका–४ का २३ वर्षीय सुविन भन्ने सुरविर डगौरा र चोरी मुद्दौा धनगढी उपमहानगरपालिका–४ का २१ वर्षीय राज चौधरी भन्ने राजसिंह पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनालाई जिल्ला अदालत कैलालीमा पेस गरिएको प्रहरीले जनाएको छ ।