Skip to main content

कैलालीको भजनीका अधिकांस बस्ती डुबानमा, स्वास्थ्य केन्द्रभीत्र पानी

Submitted by editor on
ईबिगुल संवाददाता
डुुबान

धनगढी : पछिल्लो राती आएको वर्षाले कैलालीको दक्षिणी क्षेत्रका बस्तीहरु डुुबानमा परेका छन । कैलालीको टीकापुर, जोशीपुर, भजनी नगरपालिकाका अधिकांस बस्तीहरु डुबानमा परेका हुन । 

कैलालीको भजनी नगरपालिका वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रभीत्र पानी पसेपछि सेवा प्रभावित भएको छ । गौरीगंगा नगरपालिका–७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका–९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

धनगढी बजार छिचोलेर बग्ने कैलाली खोला र सुकटी नालाको पनि जल सतह बढेको छ ।