Skip to main content

दिपायलको पुलनजिक सेती नदी किनारमा बेवारिसे शव फेला

Submitted by editor on
ईबिगुल संवाददाता
बेवारिसे शव फेला

डोटी : डोटी स्थित सेती नदीमा बेवारिसे शव फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजार स्थित पक्कि पुल नजिकै सेती नदीमा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईका अनुसार बिहिवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शसस्त्र प्रहरी, नेपाल प्रहरीले शव निकालेको  डिएसपी भट्टराईले जानकारी दिए ।

शवको पहिचान हुन सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।