Skip to main content

अछामका काँग्रेस प्रवक्ता र समन्वय समिति प्रमुखबीच कुटाकुट

Submitted by editor on
शनिबार राती ११ बजे जिल्ला समन्वयको कार्यालयमा सँगै बसेर मदिरा सेवन गरेपछि दुई जनाबीच कुटाकुट भएको प्रहरीले जनाएको छ ।
ईबिगुल संवाददाता
 कुटाकुट

अछाम : जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर र नेपाली कांग्रेसका प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ । 

शनिबार राती ११ बजे जिल्ला समन्वयको कार्यालयमा सँगै बसेर मदिरा सेवन गरेपछि दुई जनाबीच कुटाकुट भएको प्रहरीले जनाएको छ । दुई जनाबीच कुटाकुट हुँदा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ । 

शाहले मदिराको बोतल प्रहार गरेपछि कुँवरको टाउको चोट लागेको छ भने शाहको हातका चोट लागेको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । 

डीएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार शनिबार राति समन्वय प्रमुख कुँवरले आफूमाथि हातपात भएको भन्दै टेलिफोन मार्फत प्रहरीमा उजुरी गरेका थिए । स्वास्थ्य परीक्षणका क्रममा दुवैले मदिरा सेवन गरेको पाइएको डीएसपी भण्डारीले बताए । 

जिल्ला अछाम अस्पतालका अनुसार प्रमुख कुँवरको टाउकोमा ४ टाँका लगाइएको छ । कुँवरको अवस्था खतरामुक्त रहेर अस्पतालबाट  डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । विवादको विषय थाहा नभएको डीएसपी भण्डारीले बताए । समन्वय प्रमुख कुँवर नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।