Skip to main content

निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेकपा एसको सचिवमा पराजित

Submitted by editor on
ईबिगुल संवाददाता
दीर्घ सोडारी

धनगढी : सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी नेका एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन् । उनले ५३ मत मात्रै पाए ।

उनलाई समर्थकहरूले पार्टी विद्रोहको सुदूरपश्चिम कमान्डरको रूपमा प्रचार गरेका थिए । त्यति हुँदा पनि सोडारीले राम्रो मत पाउन सकेनन् । उनी नेकपा एस सुदूरपश्चिम संसदीय दलका नेता हुन् ।

दलको नेता भन्दा बढी मत दलका सदस्य नरेश शाहीले पाए । उनी पनि नेकपा एसको खुल्ला पदका उम्मेदवार बनेका थिए ।
दलको नेताले ५३ मत पाएर पराजित हुँदा शाहीले उनको भन्दा १३ मत बढी पाएर पराजित भएका थिए ।

सोडारी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने शाही बाजुराबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए । जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन् ।