Skip to main content

धनगढीमा साढे ४ किलो चरेश सहित बझाङका जनक धामी पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
चरेश सहित एकजना पक्राउ

धनगढी : धनगढीको क्याम्पस चोक नजिकबाट चरेश सहित एकजना पक्राउ परेका छन । धनगढी उप–महानगरपालिका–८ क्याम्पस चोक नजिकबाट वडा प्रहरी कार्यालयको टोलीले साढे ४ किलो चरेश सहित बझाङको केदारस्यु गाउँपालिका–७ का ४२ वर्षीय जनक धामीलाई नियन्त्रणमा लिएको हो । 

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङगानाको कमाण्डमा खटिएको प्रहरी टोलिले कालो झोलामा साढे ४ किलो चरेस र ७५ हजार रुपैयाँ नगदसहित धामीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बुझाएको छ ।