Skip to main content

समिट ऐयरले सोमबारदेखि धनगढीबाट अछाम र बझाङमा सेड्युुल उडान गर्ने

Submitted by editor on
सोमबार पहिलो उडान धनगढी–बझाङ–धनगढी र दोस्रो उडान धनगढी–साँफेबगर–नेपालगञ्ज हुनेछ । विहीबारको पहिलो उडान धनगढी–साँफेबगर–धनगढी र दोस्रो उडान धनगढी–बझाङ–नेपालगञ्ज हुनेछ ।
शिवराज भट्ट
समिट एयर

धनगढी : समिट एयरले सोमबारदेखि सुदूरपश्चिमका दुई जिल्ला अछाम र बझाङ हप्तामा  २ दिन सेडु्युल उडान गर्ने भएको छ । समिट एयरका धनगढी स्टेशन म्यानेजर रोसन सिहले सोमबार र विहीबार धनगढीबाट बझाङ र अछाम उडान गर्ने बताएका छन ।

सोमबार पहिलो उडान विहान ९ बजे धनगढी–बझाङ– धनगढी हुनेछ भने दोस्रो उडान साढे १० बजे धनगढी–साँफेबगर–नेपालगञ्ज हुनेछ । यस्तै विहीबारको पहिलो उडान अछामको साफेबगर र दोस्रो उडान बझाङ हुने स्टेशन म्यानेजर सिहले बताए । विहीबारको पहिलो उडान धनगढी–साँफबगर– धनगढी र दोस्रो उडान धनगढी–बझाङ–नेपालगञ्ज हुनेछ ।

समिट एयरको जहाज नेपालगञ्जमै बस्ने भएकाले यस्तो गरिएको उनले बताए । समिट एयरले यसपाली आफ्नै सेड्युल उडान गर्न थालेको हो । यसअघि समिट एयरले सुदूरपश्चिमका पहाडी तीन जिल्ला अछाम, बझाङ र बाजुराका लागि ठेक्कामा उडान भर्दै आएको थियो । अछामकालागि पुष्पराज कुवर, बझाङका लागि किशोर खडका र बाजुराका लागि हर्क बहादुर मल्लले ठेक्का लिएका थिए ।

‘यसअघि समिटले तीन जना ब्यक्तिबाट प्रत्येक उडानको निश्चित रकम लिने र यात्रुजती भएपनि उडान गर्दै आएको थियो । तर यसपाली भने समिट एयर आफैले तालिका बनाएर उडान गर्न लागेको हो’ स्टेशन म्यानेजर सिहले भने । 

यसअघि अछामका लागि ५ हजार बझाङका लागि ७ हजार भाडा तोकिएकोमा एयरलाईन्स आफैैले सेड्युल बनाएर उडान गर्न थालेपछि भाडा दर घटने अनुमान गरिएको छ । ७ पहाडी जिल्लाहरु मध्ये डडेल्धुरा बाहेक अरु सबै जिल्लामा विमानस्थल पक्की भएका छन ।

दार्चुलाको गोकुलेश्वर बाहेक, अछामको साँफेबगर, बाजुराको कोल्टी, बझाङको चैनपुर, बैतडीको पाटन र डोटीको दिपायल विमानस्थल पक्की बनिसकेका छन । यी सबै विमानस्थलमा समिट एयरले नै सफल रुपमा परिक्षण उडान सफल गरिसकेको छ । दार्चुलाको गोकुलेश्वसमा रहेको विमानस्थल पक्की निर्माण भइरहेको छ ।

समिट एयरले बझाङ र अछाम बाहेकका जिल्लाका लागि यात्रुहरुको अभावका कारण उडान तालिका बनाउन नसकेको जनाएको छ । उसले दुुईतर्फी रुपमा कम्तीमा पनि १४ जना यात्रुभएमा उडान तालिका बनाउन सकिने जनाएको छ । समिट एयरको जहाज, १८ यात्रु क्षमताको हो । दुुई जना चालक दलका सदस्य र एक जना एयर होस्टेस गरी जहाजमा २१ जनाले यात्रा गर्न सक्छन ।