Skip to main content

यस्तो थियो कैलाली कारागारमा मृत्युभएका दिपकको ३७ पन्ने ‘सुसाईड नोट’

Submitted by editor on
ईविगुल डटकमलाई प्राप्त भएको ३७ पन्ने सुसाईट नोटमा दिपकले आफ्ना बा–आमा, बाजे–बज्यै, भाईहरु, फुपु, साथीहरु, आफुले प्रेम गरेकी महिला, उनका आफन्त सबैका बारेमा मिति र शिर्षक हालेर ‘सुसाईड नोट’ लेखेका छन ।
शिवराज भट्ट
कैलाली कारागार

धनगढी : भनिन्छ मान्छे प्रेममा पागल हुन्छ । कैलाली कारागारमा विष सेवन गरि आत्महत्या गरेका भनिएका घोडाघोडीका दिपक विकले पनि आफ्नो प्रेम कहानीको बर्णन सहित मृत्युको बाटो रोजेको ३७ पन्ने ‘सुसाईड नोट’ भेटिएको छ । 

स्पाईरल डायरीमा लेखिएको दिपकको ‘सुसाईड नोट’ मा आफुले गरेको गल्तीको प्रायश्चित पनि झल्किन्छ । ईविगुल डककमलाई प्राप्त भएको ३७ पन्ने सुसाईट नोटमा दिपकले आफ्ना बा–आमा, बाजे–बज्यै, भाईहरु, फुपु, साथीहरु, आफुले प्रेम गरेकी महिला, उनका आफन्त सबैका बारेमा मिति र शिर्षक हालेर ‘सुसाईड नोट’ लेखेका छन ।

बलात्कार र हाडनाताकरणीको आरोपमा पुर्पक्षका लागि २०८० सालको फागुन ३ गतेदेखि कैलाली कारागारमा रहेका कैलालीको घोडाघोडी  नगरपालिका १ का दिपक विकले सोमबार अपरान्ह विष सेवन गरि आत्महत्या गरेका थिए । बोल्ने अवस्थामै कारागारमा भेटिएका उनको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्युभएको थियो । उनको मृत्युका बारेमा विभिन्न विभिनन टिकाटिप्पणी हुदै आएका थिए । उनको ३७ पन्ने सुसाईड नोट ईविगुल डटकमलाई प्राप्त भएको छ ।  

प्रेम कथा यस्तो थियो 
दिपक र उनकै परिवारभीत्रको बहिनी नाता पर्ने घोडाघोडी–१ (नाम परिवर्तनका बीचमा केही वर्ष अघि प्रेम सम्बन्ध थियो । दिपक बालिग भईसकेपनि घोडाघोडी–१ नाबालिग भएकाले र हाडनाता पनि पर्ने भएकाले उनीहरुको प्रेमप्रति परिवारको सहमति हुने कुरै भएन । 

परिवारका सदस्यहरुले उनीहरुलाई छुट्याउन थालेको थाहा पाएपछि उनीहरु परिवारबाट छुटकारा पाउन भारत जान्छन । उनीहरु श्रीमान÷श्रीमतीझैं भारतमा बस्छन । घोडाघोडी–१ गर्भवती हुन्छिन तर परिवारका सदस्यहरुको उनीहरु बीचको हाडनाताको सम्बन्ध टुटाउने प्रयत्न जारि रहन्छ । परिवारका सदस्यहरु उनीहरुलाई ललाई फकाई भारतबाट नेपाल ल्याउछन । उनीहरुको विधिवत विहे गरिदिने भनेर ललाई फकाई गरेपछि भने दुबैजना नेपाल आउन तयार हुन्छन । 

तर नेपाल आएपछि परिणाम फरक हुन्छ । दिपकका विरुद्ध घोडाघोडी–१ लाई बलात्कार गरेको र हाडनाता करणीको आरोपमा ईप्रका सुखडमा मुद्धा पर्छ भने गर्भवती रहेकी घोडाघोडी–१ लाई गर्भपतन गराईन्छ । प्रहरीले दिपकलाई पक्राउ गरी जिल्ला अदालत कैलालीमा मुद्धा चलाउछ । २०८० को फागुन ३ गते जिल्ला अदालत कैलालीले दिपकलाई पुर्पक्षका लागि कैलाली कारागार पठाउछ । 

दिपकले कारागार गएपछि उनको र घोडाघोडी १ को सम्बन्धमा कुनै बदलाव देखिदैन । कैलाली कारागारका प्रमुख दिपकराज पाण्डे भन्छन, कारागारको भेटघाट रजिष्टरको विवरण हेर्दा कारागारमा आएको तेस्रो दिनदेखि घोडाघोडी १ दिपकलाई भेटन आउन सुरु गर्छिन । 

कैलाली कारागारको रजिष्टरमा घोडाघोडी–१ भदौको २६ गते दुुई किलोको डब्बामा अचार र केही फलफूल लिएर करागार प्रवेश गरेको देखिन्छ । कारागारको सिसि क्यामेरामा पनि घोडाघोडी १ ले अचार चाखेको पनि देखिन्छ तर प्रहरीले अचारको डब्बाको भीत्र नहेर्नु भने त्रुटी रहेको देखिन्छ ।

दिपकले के खाएर गरे आत्महत्या
३७ पेज लामो ‘सुसाईड नोट’ हेर्दा दिपकले विष सेवन गरेर आत्महत्या गरेको देखिन्छ । भदौ ३० गते पौने ३ बजे सौचालय गएका दिपक उल्टीगर्दै बाहिर आएको प्रत्यक्षदर्शीले देखेपछि कारागार प्रशासनलाई खबर गरेका थिए । 

कारागार प्रमुख पाण्डे सहितका कर्मचारीहरुले अस्पताल लैजाने बेलासम्म दिपक कुराकानी गर्ने अवस्थामै थिए । ‘हामीलाई खबर आएर अस्पताल लैजाने बेलासम्म दिपक कुराकानी गरिरहेका थिए । उनले आफुले विष खाएको बताएका पनि थिए । उनको पाईन्टको खल्तीमा विष लेखेको सेतो विषादीको खाली प्याकेट पनि बरामद भएको छ । उनले लेखेको ३७ पेजको ‘सुसाईड नोट’ हेर्दा पनि उनी कारागार गएपछि अलि बढी तनावमा रहेको विश्लषण गर्न सकिन्छ । उनको लेखाईको आधारमा उनले आत्महत्या नै गर्ने मुड बनाएको देखिन्छ ।

परिवारका सदस्यहरुले जाहेरी नदिएको हुनाले दिपकको पोष्टमार्टम भने हुन सकेको छैन । उनले विष खाएका हुन वा होईनन, त्यो भने पोष्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुनेछ । तर उनको साथबाट बरामद भएको सुसाईड नोटमा भने उनी घोडाघोडी–१ को प्रेममा पागल भएको देखिन्छ ।

बा–आमा बाजेबज्यै र भाईहरुसँग माफि 
आफ्नो हातबाट गल्ती भएको र मर्नुको विकल्प नदेखेको भन्द्र उनले बा–आमा र आफन्तहरुसँग माफि मागेका छन । ‘मलाई हजुरहरुको माया नभएको  त होइन, माया त कति छ कति तर समय यस्तो आयो की मैले केही सोच्नै सकिन । किन म यस्तो बाटो हिडेछु भनेर ....’ उनले आमालाई सम्बोधन गर्दै ‘सुसाईड नोट’ मा लेखेका छन । 

उनले आमालाई आफ्नो ठूलो फोटो बनाएर आफ्नो कोठामा राख्न र नबिर्सन पनि ‘सुसाईड नोट’मा लेखेका छन । 

घोडाघोडी १ प्रहरीको हिरासतमा
दिपककी प्रेमिका घोडाघोडी–१ प्रहरीको हिरासतमा छिन । उनले अचारको डब्बामा सल्फास ल्याएको र एकैदिन मर्ने भनी योजना बनाएको बयान दिएकी छिन । ‘यसअघिको भेटमा अब हामी दुईले बाच्नुको अर्थ छैन भनेर सल्लाह भएको थियो । मैले अचारभीत्र सल्फास हालेर भीत्र पुगाए । उनले भीत्र सल्फास खाने र त्यो सुन्ने वित्तिकै मैले पनि घरमा सल्फास खाएर मर्ने सल्लाह भएको थियो’ प्रहरीले गरेको सोधपुछका क्रममा घोडाघोडी–१ ले भनेकी छिन ।