धनगढी : पत्रकार मीनबहादुर बमलाई पत्नी शोक परेको छ। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा डोटी जिल्ला शाखाका पूर्व अध्यक्ष बमलाई पत्नी शोक परेको हो।
उनकी श्रीमती ३१ वर्षीया शब्या शाही बमको सोमवार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। डोटीको बोगटान फुड्सील गाउँपालिका–७ चनुकाँडा घर भएका बमको परिवार धनगढी उपमहानगरपालिका–७ शक्तिनगरमा बसोबास गर्दै आएको छ। उनको मङ्गलवार दिउँसो १२ बजे तिर मोहना त्रिवेणी घाटमा अन्तिम संस्कार गरिने बताइएको छ।