Skip to main content

टयांकर चालक र सहचालकमाथि चक्कुप्रहार गरेको आरोपमा तीन जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
 चक्कुप्रहार

धनगढी : टयांकर चालक र सहचालकमाथि चक्कुप्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सह–चालक अनिल देउवालाई चक्कुहान्ने तीन जना पक्राउ परेका हुन ।

घटनामा विवाद उत्पन्न गराउने ट्यांकर सह–चालक डोटीको जोरायल गाउँपालिका–१ का १८ वर्षीय विक्रम मल्ल र शिलगढी नगरपालिका–३ का १९ वर्षीय अरुण बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसपछि विहान १०ः३० बजेको समयमा कुटपिटमा संलग्न धनगढी उपमहानगरपालिका–२ का करिब १६ वर्षीय डोरेमन भन्ने पुष्कर धामीलाई पक्राउ गरेर अहिले अनुसन्धान भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २३ वर्षीय मुस्कान सिंहको खोजीकार्य गर्ने क्रममा उनले चलाएको से ६ प ९३२७ नम्बरको मोटरसाइकल र उनले प्रयोग गरेको जुत्ता उनकै घरबाट नियन्त्रणमा लिएर प्रहरी चौकीमा राखिएको छ । चालक सिंह भने फरार छन् ।
शनिबार राति धनगढी–२ रोड हाउस क्याफे नजिकै ट्यांकर पार्किङ स्थलमा से ६ प ९३२७ नम्बर बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय ट्यांकर चालक हरेन्द्र देउवा र सह–चालक गोदावरी नगरपालिका–४ का २२ वर्षीय अनिल देउवामाथि आक्रमण भएको थियो । 

चालक हरेन्द्रको दायाँ हातको नाडी र बायाँ खुट्टामा चोट लागेको छ भने सह–चालक अनिलको बाँया हात र नाडीमा चोट लागेको छ । ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नम्बरको ट्यांकरलाई पार्किङ गरिराखेको अवस्थामा ढुंगा प्रहार गर्दा अगाडीको सिसा फुटेको छ ।