Skip to main content

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
death

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

शुक्रबार साँझ नगरपालिकाको वडा नम्बर ६ मिलमिलीका २६ वर्षीय सुन्दरराम लुहारको भिरबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। वडा नम्बर ६ को जेबलधार भिरबाट करिब १ सय मिटर तल खसेका लुहारको घट्ना स्थलमै मृत्यु भएको जनाइएको छ।