Skip to main content

धनगढीमा एमसी कप खुल्ला भलिबल प्रतियोगिताको दोस्रो संस्करण सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
भलिबल प्रतियोगिता

धनगढी : कैलालीको ऐश्वर्य विद्या निकेतन स्वतन्त्र विद्यार्थी युनीयनले आयोजना गरेको दोस्रो एमसी कप खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमकाबिच सामाजिक विकास मन्त्री मेघराज खड्काले उदघाटन गरे ।

उदघाटन समारोहमा बोल्दै मन्त्री खड्काले खेलकुदका माधयमबाट सुदूरपश्चिमको पहिचान भईरहेको बताए । ‘यो क्षेत्रमा थुप्रै क्षमतावान् खेलाडीहरू हुनुहुन्छ यो प्रतियोगिताले उहाँहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुराउन मद्दत पुग्छ’ उनले भन । ‘यसले सुदूरपश्चिमको गौरवलाई बढाएको छ ।’ लागु औषध प्रयोगकर्ता बढिरहेको भन्दै मन्त्री खड्काले यस्ता सिजनशील कार्यक्रमले युवाहरूलाई पनि सहि बाटेमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रदेश सभा सदस्य धर्मराज पाठकले स्ववियुले आयोजना गरेको प्रतियोगिताको प्रसंसा गर्दै यसले खेलाडीहरुलाई बाहिर ल्याउन मद्धत गर्ने बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका पूर्व मेयर समेत रहेका ऐश्वर्य बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नृप वडले  सुदूरपश्चिममा खेलकुद क्षेत्रलाई अझै उचाईमा लैजान आवश्यक रहेको बताए । 

बुधबारदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता रहेको छ । प्रदेशका विभिन्न क्याम्पसका गरि ११ वटा टिमको सहभागिता रहेको स्ववियु सभापति कुबेर खड्काले जानकारी दिए ।  

प्रतियोगितामा विजेताले १ लाख ११ हजार, उपविजेताले ६२ हजार र तृतीयले ३३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।