Skip to main content

अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडि राजमार्गहरु अवरुद्ध

Submitted by editor on
ईबिगुल संवाददाता
अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडि राजमार्गहरु अवरुद्ध

धनगढी : बुुधबार राती देखि परिरहेको अविरल वर्षाका कारण सुदुरपश्चिमका पहाडि जिल्ला जाने सडकहरु अवरघ भएका छ । भारी वर्षाका कारण ७ पहाडि जिल्ला जोडने भीमदत्त राजमार्गसहित ८ वटा सडक अरुरुद्ध भएका हुन ।

भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि भीमदत्त राजमार्गसहित ८ वटा सडक अवरुद्ध छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरामा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । फल्टुडे, खानीडाँडा, भासुभीर, बुडर, रडुवा, मेलखर्क, आलिताल लगायत क्षेत्रको सडक खण्ड पनि अबरुद्ध भएको छ ।

अविरल वर्षापछि खसेको पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएको छ । गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग बिहीवार राति खसेको पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । साहुखर्कमा बिहीवार साँझदेखि नै पहिरो खसिरहेको थियो ।

डोजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए । तर राति ११ बजे भने ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै रोकिएका छन ।

यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढाबुडर सडक पनि बन्द भएको छ ।