Skip to main content

कैलालीका विभिन्न स्थानबाट नेपाल प्रहरीद्वारा सवा चारलाखको सामान बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
सामान बरामद

धनगढी : नेपाल प्रहरीका विभिन्न टोलीहरुले कैलालीमा सवा चार लाख बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । सोमबार खटिएको प्रहरी टोलीहरुले सो सामान बरामद गरेको हो । 

तर भन्सार छलीका सामान भित्र्याउने कार्यमा संलग्न भने पक्राउ परेका छैनन । प्रहरीले एकै दिन धनगढी र कैलारीबाट करिब ४ लाख २३ हजार ४७० मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर २, १३ र १९ बाट मात्र करिब ३ लाख ८६ हजार ५५० मुल्यको विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जा, सुर्तिजन्य पदार्थ र बोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।

कैलारी गाउँपालिका–३ हनुमान मन्दिरबाट करिब १२ हजार ९२० मुल्यको आन्टी, पापड र गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट २४ हजार मुल्यको अबैध मिठाई बरामद गरेको छ । बरामद गरिएको सामान कसको हो भन्ने विषय समेत प्रहरीले पत्ता लगाउन सकेको छैन् ।