Skip to main content

मन्त्री सिह कि श्रीमती र भाउजुकाे मृत्यु , तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगियो

Submitted by editor on
ईबिगुल संवाददाता
दुर्घटनामा दुईकाे मृत्यु

बझाङ : बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुई  जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र  भाउजु जयदेवी सिंह रहेका छन् ।

 उनीहरुको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले जानकारि दिए । 


सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियाे ।   


दुर्घटनामा परेर गम्भिर घाइते भएका मन्त्री पृथ्वीबहादुर सिंह,चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरदबाट नेपालगञ्ज लगिएको  छ ।  जीप  केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।