Skip to main content

बझाङ दुर्घटना ः आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिहको पनि निधन

Submitted by editor on
ईबिगुल संवाददाता
आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिह

बझाङ ः बझाङमा भएको दुर्घटनाका घाईते सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । 


दुर्घटना लगत्तै नेपाली सेनाको हेलिकप्टरबाट उहाँ सहित चालक धर्मराज जोशी र पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई थप उपचारका लागि कोहलपुर लगिएको थियो । कोहलपुर मेडिकल कलेजमा मन्त्री सिहको मृत्यु भएको सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले पुष्टी गरे । अहिले प्रदेशको आकस्मिक मन्त्रीपरिषद बैठक बसिरहेको छ । 


दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र  भाउजु जयदेवी सिंहको मृत्यु यसअअघि नै मृत्यु भईसकेको थियो । उनीहरुको केदारस्युँ गाउँपालिकास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयउ बझाङले जानकारी दिएको छ । 


मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।  जीप  केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।