Skip to main content

बैतडीको सिलेट काठमाण्डौंको बजारमा पुगाउने आपुर्तीमन्त्री भण्डारीको दाबी

Submitted by editor on
भण्डरीले जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिका मतदाता र कार्यत्रकर्ताहरुसँग भेटघाट गरेका हुन ।
ईबिगुल संवाददाता
दामोदर भण्डारी

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत साधनको उपयोग बठाउनुपर्ने बताएका छन । गृहजिल्ला बैतडीमा रहेका भण्डारीले मतदाता भेटघाटका क्रममा यस्तो बताएका हुन । 

‘स्थानीय स्रोत साधनको प्रयोग गरेमा हाम्रो मुद्रा बाहिर जादैन, जसकारण देशमा देखिएको आर्थिकमन्दी पनि कम हुन्छ’ उनले भने । उनले चुनावका बेला आफुले जारी गरेको घोषणपत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गरिहेको पनि बताए ।

भण्डरीले जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिका मतदाता र कार्यत्रकर्ताहरुसँग भेटघाट गरेका हुन । उनले बैतडीमा रहेका खानी, खनिज, जडीबुटि प्रसोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको बताए । 

‘बैतडीमा फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी छ । ती खानीहरु ब्यवस्थित गरि बैतडीको सिलेट राजधानी पु¥याउने प्रयास गरिनेछ’ मन्त्री भण्डारीले भने ।  उनले सरकारी बजेटमा स्थापीत योजनाहरुको पुर्ण उपयोग नभएको बताए । ‘हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ तर सिचाईको अभावमा खेत बाँझो राखेका छौँ, ठाउँठाउँमा सडक पुगेपनि व्यवस्थीत नभएकाले हाम्रा उत्पादनले बजार पाउन सकिरहेको छैन । सडक सुबिधा भएका ठाउँमा समेत कृषि उपजहरु उत्पादन गरि बिक्रि गर्ने परिपाटी छैन्, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ’ उनले भने ।

जडिबुटि संकलन, प्रसोधन, प्याकेजिङ, ब्राण्डीङ गर्ने र लघु उद्यम मार्फत रोजगारी श्रृजना गर्नतिर सरकार लागेको उनको दाबी थियो । सामान्य व्याजदरको स्टार्टप कर्जा कार्यक्रम मार्फत रोजगारी श्रृजना भैरहेको उनले बताए ।