Skip to main content

कञ्चनपुरको लालझाडीमा श्रीमान–श्रीमती ओछ्यानमै मृत फेला

Submitted by editor on
ईबिगुल संवाददाता
श्रीमान–श्रीमती मृत भेटिए

कञ्चनपुर :  लालझाडी गाउँपालिका–१ विनाबारीका श्रीमान–श्रीमती मृत भेटिएका छन् । ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल ओछ्यानमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । 

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशीले उनीहरू दुवैजना शुक्रबार बिहान मृत फेला परेका बताए ।

घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान गरिरहेको छ ।