Skip to main content

आन्तरिक मामिला मन्त्रीलाई श्रद्धाञ्जली (फोटो फिचर)

Submitted by editor on
शिवराज भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीको पार्थिव शरिर

धनगढीः मंगलबार अपरान्ह दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको छ । डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा उनको दुर्घटनामा परि मृत्यु भएको थियो ।
बुधबार विहान १० बजेदेखि सिंहको शव अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको हो । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र सभामुख भीम बहादुर भण्डारीले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरे ।
श्रद्धाञ्जली दिन प्रदेश प्रमुख देबराज जोशी, प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्र सिह रावल, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका मन्त्रीहरु, नेपाली सेनाका पृतनापती, धनगढी नगरपपालिकाका मेयर, उपमेयर सहित सैयौंको सहभागिता रहेको छ ।
सिहको शव आजै हेलिकप्टरबाट बझाङ लगिने भएको छ । दुर्घटनामा उनकी श्रीमती अमृता सिंह र  भाउजु जयदेवी सिंहको पनि मृत्यु भएको थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।