Skip to main content

बाजुरा र अछामका दर्जनौं बस्ती पहिरोको जोखिममा

Submitted by editor on
पदमबहादुर सिंह
 बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका ९ र बुढीगंगा नगरपालिका १ को अमकोट गाउ मुनीबाट बग्दै गरेको पहिरो

बाजुरा ः  बाजुराको बुढीगंगा नगरपालिका १ अमकोटका स्थानियबासी, विगत ५ बर्ष देखि बर्षात सुरु भयो की राती निदाउदैनन ।  त्रिबेणी नगरपालिका ९ पैमाको पहिरोले बुढीगंगा नदिलाई बुढीगंगा नगरपालिका तीर धकेलेपछि अमकोट गाउ पुरै पहिरोको जोखिममा रहेको छ । 


बुढीगंगा नदिको प्रेसरले पहिरो अमकोट गाउ नजिकै पुगेपछि अमकोटका १ सय ३५ बढी परिवार पहिरोको उच्च जोखिममा रहेका बुढीगंगा नगरपालिका १ का वडा अध्यक्ष रणबहादुर थापाले बताए । ‘पहिरो बग्न सुरु भएको ५ बर्ष बढी भयो, वर्षातमा राम्रोसँग कहिल्यै सुत्न पाएको छैन’ अमकोटका स्थानीय मनिराम पाध्यायले भने ।  ५ बर्ष देखि राति÷रानी पहिरो हेर्न गाउलेले आलोपालो  गरिरहेको पाध्यायले बताए । 


पहिरोले गाउ नजिकैको जमिन चिरा चिरा परिसकेको छ ।  ‘अन्यन्त्र जाउ भने यत्रो गाउ नै कहा जाने ? पाध्यायले भने । पहिरोले साफे मार्तडी सडक भासिदै गएको छ । अमकोटका स्थानियको खेतियोग्य जमिन काट्दै जादा गाउँ पहिरोको उच्च जोखिममा छ ।  
‘खेतीयोग्य जमित पुरै सडकले काटेर सुकुम्बासी बनाईसक्यो, अब घरहरु सबै पहिरोले लग्ने भयो’ स्थानिय हिरा पाध्यायले गुनासो गरे । ‘रात दिन घर मुनी गड्याङ गुडुङ हुन्छ, बर्षात सुरु भएपछि राती राम्ररी सुत्नै पाईदैन ।’ 


अमकोट गाउ नै पहिरोको उच्च जाखिममा रहेको कुरा जिल्ला दैबिक प्रकोप उद्धार समितिलाई ५ बर्ष देखी जानकारी गराउदै आएको तर कुनै सुनवाई नभएको बुढीगंगा गरपालिका २ का वडा अध्यक्ष पदम भण्डारीले बताए । बुढीगंगा नदिको कटान नियन्त्रण गर्न नगरकार्यपालिकामा जानकारी गराएको र नदि नियन्त्रणमा नगरपालिकाले ध्यान नदिएको  वडा अध्यक्ष भण्डारीले बताए । 


नदि छेउका करिब २ सय बढी परिवार र ३ सय भन्दा बढी रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भईसकेको उनले बताए । 
त्रिबेणी नगरपालिका ९ को पैमा र बुढीगंगा नगरपालिका १ अमकोटको पहिरोले दर्जनौ बस्ती र सयौ रोपनी खेतियोग्य जमिन बगरमा परिणत भएका छन् । बुढीगंगा नगरपालिकाका अमकोट, मलाती, बल्दे, ताँप्रीसेरा, सेरा, फालासेन, बामका बजार, बार्जुगाड लगाएतका झण्डै ३ सय परिवार बिस्तापित हुने अवस्थामा पुगेका वडा अध्यक्ष  भण्डारीले बताए । 


त्यस्तै त्रिबेणी नगरपालिकाका बुढीगंगा नदि किनाराका पैमा, ताम्सु, नुवाकोट, मलालगाउ, ढलाली, पन्तालीलगाएतका बस्तिहरु उच्च  जोखिममा रहेको रहेका छन् । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार मंगलबार रातीको अबिरल बर्षाका कारण गुईगाड खोलामा खाएको बाढीले करिब आधा घण्टा बुढीगंगा नदि थुनिएको र पछि आफै बगेको थियो 


पैमा र अमकोटको पहिरोले बुढीगंगा नदि जतिबेला पनि थनिन सक्ने सम्भावना बढेको छ । प्रमुख जिल्ला अधिकारी गैरेले प्राबिधिक कुरा सबै थाहा नहुने भएकाले तत्काल जे समस्या आउछ, त्यसैगरि समाधान खोजिने बताए ।

बिगत ५ बर्ष देखि नदिले खेतियोग्य जमिन र बाजुरा अछाम जिल्लाका दर्जनौ बस्ति जोखिममा हुदा पनि संघ र प्रदेश सरकारले यसबारे चासो नदिएको स्थानियवासीको आरोप छ । निर्वाचनको सयममा नेताहरु यस्तै बस्ति बिस्तार र नदि कटान रोकथामका मुद्धाहरु लिएर गाउ आउने र निर्वाचित भएर गएपछि फर्केर नआउने गरेको स्थानियको गुनासो छ ।