काठमाडौं : सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । नरेन साउदको उत्कृष्ट पाँच विकेटले काठमाडौंलाई १५.५ मा ९४ रनमा सीमित गरायो ।
टियु क्रिकेट मैदानमा टस हारेको सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि स्टेफन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३८ रन बनाएको हो । काठमाडौंले १० ओभरमा ४ विकेट गुमाउँदै ७१ रन बनाएको थियो। पहिलो विकेटका रूपमा काठमाडौंले काइकल लेभिटलाई ५ रनमै गुमायो । दोस्रो विकेटका रूपमा अर्का ओपनर शंकर रानालाई सैफ जैबले ३ रनमै बोल्ड गरे। तेस्रो विकेट भिम सार्की १० रनमा रन आउट भए ।
चौथो विकेट गेरहार्ड इरास्मस १० रनमा नरेन साउदको बलमा एलबीडब्लु आउट भए। पाँचौं विकेट सुमित महर्जनको गयो । उनले १० बलमा २ चौकासहित १४ रन बनाए । छैटौं विकेटका रुपमा स्टेफन इस्किनाजीको विकेट गयो। सातौं विकेट रासिद खानको विकेट गयो । उनी २ रनमै नरेन साउदको बलमा रोहन मुस्तफाबाट क्याच भए ।
आठौं विकेट प्रतिक श्रेष्ठको रह्यो। नवौं विकेट कप्तान करण केसीको रह्यो । उनी १ रनमै नरेनको बलमा ब्रान्डनको हातमा क्याच भए । अन्तिम विकेट साहब आलमको पनि नरेनले नै लिँदै आफ्नो ५ विकेट पूरा गरे । सुदूरपश्चिमका लागि नरेन साउदले सर्वाधिक ५ विकेट लिए । अभिनास बोहोराले २ विकेट लिए। ब्रान्डन म्याकमुलेन, सैफ जैब र ले समान १÷१ विकेट लिए। यसअघि सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको थियो ।
त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले अर्धशसतकीय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ४३, विनोद भण्डारीले ३५ र सैफ जेबले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। काठमाडौंका लागि रसिद खानले २ र करण केसी, साहब आलम र गेहार्ड इरासमले एक–एक विकेट लिए ।