Skip to main content

मदिरा नदिएको झोंकमा यसरी गरिएको थियो, बडायक दम्पत्तीको हत्या

Submitted by editor on
शिवराज भट्ट
बडायक दम्पती

धनगढी  ः  कञ्चनपुरको लालझाडी गाउँपालिका– १ का  ४५ वर्षीय रमेश बडायक दम्पतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–२ बस्ने ५० वर्षीय गंगाराम रानालाई हत्या आरोपमा पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता तथा डिएसपी उमेश जोशीले जानकारी दिए ।

पक्राउ परेका रानाको प्रारम्भीक बयान 
कार्तिकको ९ गते गंगाराम राना मदिरा सेवन गरेर रमेश बडायकको नास्ता पसलमा पुग्छन । बडायकको लालझाडी २ मा रहेको सडक छेउमै नास्ता पसल छ । गंगारामले एक क्वार्टर मदिरा मागे । आफै मदिरा सेवन गरि लठ्ठ भइरहेको गंगारामलाई बडायकले मदिरा दिएनन । 

उल्टै घर जान भनि सामान्य पिटे पनि । ‘मैले एक क्वाटएर रक्सी मागे, उल्टै मलाई धक्कामुक्का गर्दै पिट्यो । मलाई रिस उठ्यो, नजिकै हान्ने बस्तु खोजे, चिरपट जस्तो काठ भेंटे । त्यसै काठले बडायकको टाउँकोमा हाने, उनी ढलेर बेहोस भए । त्यसपछि अर्को धारिलो हतियार खोजे, त्यसले पनि हाने’ रानाको बयान उदृध गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी जोशीले भने ।

पक्राउ परेका रानाले बरान्डामा सुतेकी रमेश बडायककी पत्नीको पनि धारिलो बस्तुप्रयोग गरेर हत्या गरेको बयान दिएका छन । ‘अनी नजिकैको बरान्डामा झुल लगाएर बडायकको श्रीमतीलाई पनि हाने । उनी झुल लगाएर सुतेकी थिईन’ गंगारामको प्रारम्भीक बयानका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी जोशीले भने ।

प्रहरीले राना एक्लैले हत्या गरेका हुन वा होईनन, त्यसको खोजी गरिरहेको छ । रानाले हत्यामा प्रयोग गरिएको हतियार बारे बताएका छैनन । उनले बडायककी श्रीमती झुलमा सतिरहेको अवस्थामा हत्या गरेको बयान दिएपछि प्रहरी उनको कुरामा विश्वस्त भएको छ । रशेक बडायककी श्रीमती पनि बरान्डामा झुलुमै सुतेको अवस्थामा खाट नजिकै मृत फेला परेकी थिईन । 

कञ्चनपुर प्रहरीले उनको नामका कर्तब्य ज्यान मुद्धा दर्ता गरेको छ । अनुसन्धानका लागि जिल्ला अदालत कञ्चनपुरले पनि रानालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्नेगरी म्याद थपेको छ । 

कञ्चनपुर प्रहरीले यो घटनामा प्रदेश प्रहरी कार्यालयसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीसँग पनि प्राविधिक सहयोग मागेको थियो ।