धनगढी : कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि चार दिन थप गरेको हो ।
मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भनिएको थियो । दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गतेसम्म थप गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले बताए ।