धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्युु भएकोे छ ।
लम्कीचुहा नगरपालिका– ८ घर भएकी २५ वर्षीया टिकेश्वर शाहीको बुधबार मृत्युु भएको प्रहरीले जनाएको छ ।
टिकेश्वरले मंगलबार शल्यक्रिया मार्फत शिशु(छोरा) लाई जन्म दिएकी थिइन् ।
शिशुलाई जन्म दिएपछि गम्भीर बनेकी शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।
उनका अनुसार शिशु भने सकुशल छन् । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।