Skip to main content

प्यालेस्टाइनी समूह हमासले बन्धक बनाएका विपिनको रिहाइका लागि सामाजिक सञ्जालमा ह्यासट्याग अभियान सुरु

Submitted by editor on
ईबिगुल संवाददाता
विपिन जोशी

काठमाडौँ । प्यालेस्टाइनी समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सामाजिक सञ्जालमा ह्यासट्याग अभियान सुरु भएको छ । विपिनलाई मुक्त गरिदिन कतार सरकारले हमासलाई सिफारिस गर्न सक्ने भन्दै नेपालका युवाहरूले सो अभियान चलाएका हुन् । प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायल आक्रमणपछि अपहरण गरेका ३४ जना बन्धकहरू मुक्त गर्न लागेको छ । तर, उक्त सूचीमा नेपालका विपिन जोशीको नाम समावेश छैन । 

सामाजिक सञ्जालमा #BipinJoshi#ReleaseBipinJoshi#HamasPlease#QatarSaveBipin जस्ता ह्यासट्यागहरू प्रयोग गरेर अभियान चलाइएको छ । सो अभियानबाट कतार सरकार र हमाससमम्म सन्देश पुग्ने र विपिनको नाम मुक्त हुने टोलीको सूचीमा पर्न सक्ने अभियन्ताहरूको विश्वास छ ।  हमासका एक वरिष्ठ अधिकारीले पहिलो चरणमा ३४ जना बन्धक रिहा गर्न सहमति जनाउँदै उनीहरूको सूची सार्वजनिक गरेका छन् । सूचीमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना छन् । जसमा केही युवा पुरुषहरू पनि समावेश छन्, जसलाई हमासले इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो ।